Biratnagar, Morang, Nepal
सामाजिक सेवा

लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघाद्वारा समुदाय सेवा गतिविधि तथा लियो अभिमुखीकरण कार्यक्रम सम्पन्न

-
अखवारका कुरा
२९ मंसिर २०८२, सोमवार

Advertisement

विराटनगर।
लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघाको आयोजनामा “समुदाय सेवा गतिविधिको महत्व तथा लियो अभिमुखीकरण कार्यक्रम” सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रम महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसअन्तर्गत व्यवस्थापन संकायका स्नातक तहका १२८ जना विद्यार्थीहरूको उल्लेखनीय सहभागितामा सम्पन्न भएको हो।

कार्यक्रमको सहजीकरण लियो जिल्ला ३२५C, नेपालका जिल्ला अध्यक्ष तथा लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघाका पूर्व अध्यक्ष लियो लायन मनोज तिवारीले गर्नुभएको थियो। सहजीकरणको क्रममा उहाँले समुदाय सेवा गतिविधिको वास्तविक अर्थ, सामाजिक महत्व, लियो आन्दोलनको उद्देश्य, युवाहरूमा नेतृत्व विकास, सेवाभावको आवश्यकता तथा लियोमार्फत प्राप्त हुने विविध अवसरहरूबारे स्पष्ट, तथ्यपरक र प्रेरणादायी प्रस्तुति दिनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघाका अध्यक्ष पवन कुमार काफ्लेले युवाहरूलाई सेवा र नेतृत्वमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन उत्प्रेरित गर्ने उद्देश्यले यस्ता अभिमुखीकरण तथा सचेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गरिँदै आएको बताउनुभयो। उहाँले विद्यार्थीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न लियो आन्दोलन प्रभावकारी प्लेटफर्म भएको उल्लेख गर्नुभयो।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले उच्च उत्साहका साथ सहभागिता जनाउँदै लियोमार्फत समाजसेवामा संलग्न हुने विषयमा गहिरो चासो व्यक्त गरेका थिए। कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउनुहुने महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस परिवार, सहजीकरणकर्ता तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीहरूप्रति लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघाले हार्दिक धन्यवाद ज्ञापन गरेको छ।

जिल्ला परिषदको  नारा “इनभिजन द ग्रोथ ” भन्ने मूल भावलाई आत्मसात गर्दै लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघाले आगामी दिनहरूमा पनि युवामैत्री, नेतृत्व विकास तथा सेवामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

View : 30

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved