Biratnagar, Morang, Nepal
अर्थ

प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त

-
अखवारका कुरा
२० माघ २०८२, मङ्गलवार

Advertisement

काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमन शर्मा नियुक्त भएका छन् । माघ २० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी शर्मालाई चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

काठमाडौं जिल्ला कागेश्वर मनोहरा नगरपालिका–८ घर भएका शर्मासँग बैंकिङ क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव छ । उनले माछापुच्छ्रे बैंक र तत्कालीन सनराइज बैंकमा सीईओको जिम्मेवारी सम्हालेका थिए भने ग्लोबल आइएमई बैंकमा डेपुटी सीईओका रूपमा पनि कार्य गरेका छन् । उनले बैंकिङ करिअरको सुरुआत नेपाल एसबिआई बैंकबाट गरेका हुन् ।

बैंक पछिल्लो समय बढ्दो निष्क्रिय कर्जा र लाभांश वितरण नहुनुजस्ता चुनौतीमा रहेकाले शर्माको नेतृत्वले प्रभु बैंकलाई सुधारको बाटोमा लैजाने अपेक्षा गरिएको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकको निष्क्रिय कर्जा ७.९४ प्रतिशत पुगेको छ भने पछिल्ला तीन आर्थिक वर्षदेखि बैंकले लाभांश वितरण गर्न सकेको छैन ।

View : 36

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved