Biratnagar, Morang, Nepal
स्थानीय तह

प्रतिनिधिसभा निर्वाचन

एमालेबाट अनुभवी नेता गुरु बराल समानुपातिकबाट संसदमा ।

बराल पार्टी अध्यक्ष केपी शर्मा ओली निकट नेतामध्ये एक मानिन्छन्। एमालेभित्र नीति, विचार र संगठनात्मक गतिविधिमा उनको सक्रिय भूमिका रहँदै आएको छ।
-
अखवारका कुरा
१ चैत २०८२, आइतवार

Advertisement

नेकपा एमालेले प्रतिनिधिसभाको समानुपातिक सूचीबाट गुरु बराललाई सांसद बनाउने निर्णय गरेको छ। मोरङको राजनीतिक पृष्ठभूमिबाट उदाएका बराललाई संसदमा  पठाउने निर्णयलाई एमालेले अनुभवी नेतृत्वलाई अघि सार्ने रणनीतिका रूपमा लिएको देखिन्छ। 

बराल एमालेका उपाध्यक्षसमेत भएका थिए। विद्यार्थी राजनीतिबाट सुरु भएको उनको राजनीतिक यात्रा लामो समयदेखि वाम आन्दोलन, पार्टी संगठन निर्माण र वैचारिक बहससँग जोडिएको छ। पार्टीभित्र उनी संगठनात्मक पकड, वैचारिक स्पष्टता र संयमी राजनीतिक शैलीका कारण चिनिने नेतामध्ये पर्छन्।
बराल लामो समयदेखि मोरङ केन्द्रित राजनीतिमा सक्रिय रहँदै आएका छन्। कुनै समय नेपालको सक्रिय राजनीतिक केन्द्र मानिने मोरङबाट राष्ट्रिय राजनीतिलाई प्रभाव पार्ने धेरै नेताहरू उदाएका थिए। तर यसपटकको प्रतिनिधिसभा निर्वाचनमा मोरङबाट प्रत्यक्षतर्फ एमालेले कुनै पनि सिट जित्न सकेन। त्यस्तै नेपाली काङ्ग्रेसले पनि प्रत्यक्षतर्फ सफलता हासिल गर्न सकेन। 

प्रत्यक्ष निर्वाचनमा सिट गुमाएको अवस्थामा पनि एमालेले मोरङकै पाका नेता बराललाई समानुपातिक कोटाबाट संसदमा पठाएको छ। यसलाई पार्टीले मोरङलाई अझै पनि राजनीतिक रूपमा महत्वपूर्ण क्षेत्रका रूपमा लिएको संकेतका रूपमा हेरिएको छ। 

बराल पार्टी अध्यक्ष केपी शर्मा ओली  निकट नेतामध्ये एक मानिन्छन्। एमालेभित्र नीति, विचार र संगठनात्मक गतिविधिमा उनको सक्रिय भूमिका रहँदै आएको छ। 

राजनीतिक विश्लेषकहरूका अनुसार अनुभवी नेताका रूपमा बरालको संसदीय उपस्थितिले संसदमा एमालेको वैचारिक धार प्रस्तुत गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै मोरङमा कमजोर बनेको पार्टी संगठनलाई पुनः सुदृढ बनाउने रणनीतिसँग पनि यो निर्णय जोडिएको हुन सक्ने अनुमान गरिएको छ।

View : 38

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved