राधाकृष्ण रथयात्रा
विराटनगर - कृष्णजन्माष्टमीको भोलिपल्ट आयोजना हुने राधाकृष्ण रथयात्राका लागि निर्माण गरिएको नयाँ रथको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सोमबार निरीक्षण गरेका छन्।
४४ लाख रुपैयाँ लागतमा भारतबाट आएका कालिगढमार्फत तयार भएको रथको विशेषता र पुनर्निर्माण प्रक्रियाबारे आयोजक समितिका पदाधिकारीहरूले मेयरलाई जानकारी गराएका थिए। मेयर कोइरालाले रथयात्रालाई अझ भव्य र व्यवस्थित बनाउन आवश्यक सुझाव दिँदै महानगरले सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
“रथयात्रा विराटनगरको सांस्कृतिक सम्पदा हो, यसलाई विशेष र व्यवस्थित बनाउन महानगर प्रतिबद्ध छ,” उनले भने।
आयोजकका अनुसार तयारी अन्तिम चरणमा पुगेको छ र अब चार दिनपछि रथयात्रा निकालिनेछ। परम्पराअनुसार कृष्णजन्माष्टमीको भोलिपल्ट रथ सवारी नगर परिक्रमा गरिनेछ, जसअन्तर्गत विविध सांस्कृतिक झाकी सहित रथले ९ किलोमिटरको दुरि पूरा गर्नेछ ।
महानगरले ट्राफिक व्यवस्थापन, सुरक्षाको संयोजन र सरसफाइमा विशेष ध्यान दिने तयारी गरेको छ। आयोजक समितिका सचिव कृष्ण कार्कीका अनुसार यस वर्षको रथ डिजाइन, सामग्री र कारीगरको सीप विशेष रहेको छ भने भारत बाट मुख्यमन्त्रीहरुलाई बोलाउने प्रयास समेत जारी छ ।
View : 264
 कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                           
                            कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                        Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved