विराटनगर
ब्रेनवे मल्टि ट्रेड मार्केटिङ काठमाडौंले सञ्चालन गर्दै आएको ‘स्वास्थ्य, सौन्दर्य, समृद्धि र स्वरोजगार अभियान’ अन्तर्गत विराटनगरमा उत्कृष्ट सहभागिता देखिएको छ। होमकेयर, पर्सनल केयर र हेल्थकेयरका सामग्रीहरूलाई उपभोक्ताबाटै उपभोक्तासम्म पुर्याउने अवधारणामा आधारित यस अभियानले स्थानीय तहमा स्वरोजगारका नयाँ सम्भावना देखाएको छ।
शनिबार विराटनगरमा आयोजित कार्यक्रममा उत्कृष्ट कार्य प्रदर्शन गर्ने दुई उपभोक्तालाई पुरस्कार वितरण गरिएको हो।
पुरस्कृत हुनेमा विराटनगर–८ की मुना कोइराला (माइक्रोओभन) र शुशिल चौधरी (वासिङ मेसिन) रहेका छन्।
ब्रेनवेका चिफ अपरेशनल अफिसर दिनेश कार्कीका अनुसार, कम्पनीले उत्पादनको बजार विस्तारका क्रममा बिचौलियाको भूमिका हटाउँदै उपभोक्तालाई नै प्रत्यक्ष रूपमा कमिशन प्रदान गर्दै आएको छ।
“उपभोक्तामार्फत नै उत्पादनको बिक्री हुने भएकाले डिलर तथा सब-डिलरलाई दिने ४२ प्रतिशतसम्मको कमिशन सिधै ग्राहकलाई दिइन्छ,” उनले भने।
उनका अनुसार, बिक्री विवरण डिजिटल प्रणालीमा दर्ता हुने व्यवस्था गरिएको छ भने हरेक सोमबार उपभोक्ताको बैंक खातामा कमिशन जम्मा गरिन्छ।
ब्रेनवेको यो मोडलले स्थानीय तहमा साना स्वरोजगार विस्तार गर्न सकिने सम्भावना बढाएको र युवाहरूलाई सशक्त बनाउन सहयोग पुर्याइरहेको बताइएको छ।
View : 550
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved