Biratnagar, Morang, Nepal
+977-9708590006
राजनीति

दुई दिन पछि राजिनामा दिदै केजरीवाल

-
अखवारका कुरा
३० भदौ २०८१, आइतवार

Advertisement

बिराटनगर । अरविन्द केजरीवालले दुई दिनपछि मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

जेलबाट रिहा भएपछि अरविन्द केजरीवालले आम आदमी पार्टीको कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै दुई दिनपछि राजीनामा दिने घोषणा गरेका हुन् ।

उनले आज दिल्ली आम आदमी पार्टीको मुख्यालयमा भने, ‘म सीएमको कुर्सीबाट राजीनामा दिनेछु र जनताले निर्णय नआएसम्म म सीएमको कुर्सीमा बस्ने छैन। म जनताको बिचमा जान्छु, हरेक गल्लीमा जान्छु, घरघरमा जान्छु र जनताले केजरीवाल इमानदार छन् भन्ने फैसला नगरेसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन ।’

केजरिवाललाई भारतको सर्वोच्च अदालतले जमानतमा रिहा गर्न आदेश दिएको थियो । 

View : 176

Copyright © 2023 -2024. Akhabar ka kura | News. All Rights Reserved