विराटनगर २ मा अवस्थित सेन्ट मेरिज प्लसटुले कक्षा १२ को परिक्षा दिएका विद्यार्थीहरुलाई दिक्षित तथा विदाई गरेको छ । प्लसटुले एक कार्यक्रमको आयोजना गरेर विद्यार्थीहरुलाई विदाई गरेको हो ।
विराटनगर २ मा अवस्थित सेन्ट मेरिज स्कुलले विराटनगरमा छात्राहरुलाई मात्र अध्ययन अध्यापन गराउँदै आईरहेको छ । कक्षा ११ र कक्षा १२ तर्फ व्यवस्थापन, विज्ञान र कम्प्युटर विज्ञानको अध्यापन गराउँदै आईरहेको प्लसटुमा हाल २ सय भन्दा बढि छात्राहरु अध्ययनरत गरेका छन् ।
विद्यालयकी प्रिन्सिपल सिस्टर मार्लिन सिजेको सभापतित्वमा भएको कार्यक्रममा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव उध्दव प्रसाद रिजाल प्रमुख अतिथीका रुपमा रहेका थिए । दिक्षित तथा विद्याई हुने विद्यार्थीहरुलाई सिस्टर मार्लिन सिजे प्रमुख अतिथी उध्दव प्रसाद रिजाल, जिल्ला शिक्षा तथा समन्वय ईकाई मोरङ प्रमुख शालिग्राम दाहाल लगायतले सर्टिफिकेट तथा मायाँको चिनो प्रदान गरेका थिए ।
कार्यक्रममा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए । साथै कार्यक्रममा दिक्षित तथा विदाई हुने विद्यार्थी तथा अभिभावकहरुले सेन्ट मेरिज विद्यालयमा अध्ययन गर्दाका पल स्मरण गर्नुका साथै सेन्ट मेरिजले आफ्ना छात्रहरुलाई गुणस्तरिय शिक्षा प्रदान गरेको बताएका थिए ।
कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्याक्ति तथा विद्यार्थीहरुका अभिभावकहरुको उपस्थिती रहेको थियो ।
View : 61
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved