विराटनगर । विराटनगरस्थित कान्तिपुर कलेजले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई अभिमुखीकरणसहित स्वागत गरेको छ।
सिटी पार्टी प्यालेसमा आयोजित कार्यक्रममा कलेजले विभिन्न संकायमा अध्ययनका लागि भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको हो। कलेजका अनुसार यस वर्ष विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन संकायमा गरी ९०९ जना विद्यार्थी भर्ना भएका छन्। जसमध्ये विज्ञानमा ३२६, व्यवस्थापनमा ४२४ र होटल व्यवस्थापनमा १५९ जना रहेका छन्।
कार्यक्रममा कलेजका प्राचार्य भुवन नेपालले गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि कलेजले प्राथमिकता दिँदै आएको बताए। उनले खेलकुद, सहपाठ्य गतिविधि र शैक्षिक उपलब्धिका क्षेत्रमा कान्तिपुर कलेजले निरन्तर राम्रो नतिजा हासिल गर्दै आएको उल्लेख गरे।
सो अवसरमा कक्षा ११ को प्रवेश परीक्षामा उत्कृष्ट नतिजा ल्याउने तथा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उच्च जीपीए प्राप्त गर्ने विद्यार्थीलाई सम्मान गरिएको थियो।
राष्ट्रिय परीक्षा बोर्ड, कोशी प्रदेश व्यवस्थापन कार्यालय विराटनगरका प्रमुख प्रकाश खरेल, कलेजका अध्यक्ष खुसिराज श्रेष्ठलगायतले उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेका थिए।
कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक नृत्य तथा विविध प्रस्तुति पनि दिएका थिए।
View : 72
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved