Biratnagar, Morang, Nepal
देश

तिहारको विशेषताः देउसी–भैलोको मौलिकता हराउँदै गएकोमा चिन्ता

-
अखवारका कुरा
५ कार्तिक २०८२, बुधवार

Advertisement

 

रौतहट । तिहार पर्वको अर्को आकर्षण भनेको देउसीभैलोलाई नै लिइन्छ । तिहार सुरु हुनासाथ गाउँका बालबालिका, युवादेखि वृद्धवृद्धा सम्मले देउसीभैलो खेल्न गर्छन् । 

तर पछिल्ला वर्ष देउसीभैलोको खेल्ने तरिका र मौलिकता हराउँदै गएको प्रति समाजको अगुवाहरुको चिन्ता छ । 

देउसीमा मजुरा, मादल बजाउने, वरीपरी घुमेर भट्याउने प्रचलन थियो ।तर हिजो आज ¥याप, पप र हिन्दी गीतमा युवायुवतीले देउसीभैलो खेल्दा बुढापाकाले चिन्ता व्यक्त गर्न थालेका छन् । 

आधुनिकताको नाममा देउसी भैलो भड्किलो हुँदै गएको प्रति दुःख लागेको चन्द्रनिगाहपुरका स्थानीय कृष्ण खड्काले बताए । केहि बर्ष अघि सम्म पुरुषले दौरा सुरुवाल र महिलाले गुन्यु चोलो लगाएर मौलिकता परम्परा अनुसार खेल्ने चलन रहेको उनको भनाइ छ । 

परम्परागत देउसीभैलोलाई आधुनिकताले प्रभावित पारेकाले यसको जगेर्ना गर्नु  पर्छ उनले भने ।  तर चन्द्रपुरमा रहेका केही समुहले   देउसीभैलोको कला संस्कृतीको संरक्षण लागी मात्र खेल्ने गरेको पाइएको छ । 

नेपालमा देउसीभैलोको आधिकारिक रुपमा केही तथ्य प्रमाण नभए पनि मध्यकालदेखि नै सुरु भएको किंवदन्ती छ । यो देउसीभैलो खास गरी बली राजासँग सांस्कृतिक पक्ष जोडिएको मान्यता छ । 

यमपञ्चक सुरु भएपछि देउसीभैलो खेल्ने प्रचलन छ । तिहारलाई उज्यालो र देउसीभैलोको पर्वको भएकाले यसको मौलिक परम्पराका बारेमा  भावि पुस्तालाई समेत जानकारी दिन आवश्यक देखिन्छ ।

View : 82

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved