Biratnagar, Morang, Nepal
देश

नोबेलमा पाँचौँ तलाबाट हामफालेका इन्टर्न डाक्टरको निधन

६ पुष २०८२, आइतवार

Advertisement

विराटनगर  : मोरङको विराटनगर महानगरपालिका-४ स्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा पाँच तला माथिबाट लडेर एक जना इन्टर्न डाक्टरको निधन भएको छ।

(आइतबार) बिहान करिब ६ः३० बजे अस्पतालको मुख्य गेट नजिकको भवनको पाँचौँ तलाबाट हामफाल्दा गम्भीर घाइते भएका इन्टर्नलाई उपचारका लागि नोबेलकै इमर्जेन्सीमा ल्याइएको थियो। 

टाउकोमा गम्भीर चोट लागेका उनको उपचारकै क्रममा बिहान ७ः२५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
घटनाको जानकारी अस्पतालमा खटिएका प्रहरी कर्मचारीमार्फत प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक लेखनाथ दाहालको नेतृत्वमा  टोली घटनास्थलमा खटिएको थियो।


प्रारम्भिक चरणमा मृतकको पहिचान खुल्न नसके पनि गरिएको थप अनुसन्धानबाट मृतक सप्तरी जिल्ला राजविराज नगरपालिका–९ जगदरीका  ३४ वर्षीय अमित यादव रहेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अमित यादव सोही नोबेल मेडिकल कलेजमा १०औँ ब्याच एमबिबिएस इन्टर्न डाक्टरका रूपमा अध्ययनरत थिए। 
घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

View : 50

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved