Biratnagar, Morang, Nepal
राजनीति

सरकारले पेस गरेको विनियोजन विधेयक सकारात्मक भएपनि विश्वास गर्न नसकिने’

-
अखवारका कुरा
५ जेठ २०८३, मङ्गलवार

Advertisement

काठमाडौं । राष्ट्रिय सभा सदस्य एवं नेपाली कांग्रेसकी सांसद विष्णु देवी पुडासैनीले सरकारले पेस गरेको विनियोजन विधेयक २०८३ का सिद्धान्त र प्राथमिकता केही सकारात्मक भएको बताएकी छिन् ।

राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले नेपालको संविधान लोकतान्त्रिक मूल्य मान्यता र असल शासनको मूल्य आदर्शप्रति ध्यान दिएको, सुशासन न्याय रोजगार मूलक आदर्श तथा गुणस्तरिय सेवा कामय गर्ने भावना देखिएको बताएकी हुन् ।

उनले भनिन्, ‘माननीय अर्थमन्त्रीले पेस गर्नुभएको विनियोजन विधेयक २०८३ को सिद्धान्त र प्राथमिकता केही सकारात्मक देखिन्छन । नेपालको संविधान लोकतान्त्रिक मूल्य मान्यता र असल शासनको मूल्य आदर्शप्रति ध्यान दिएको सुशासन न्याय रोजगार मूलक आदर्श तथा गुणस्तरिय सेवा कामय गर्ने भावना देखिन्छ ।’

उनले अर्थलाई उत्पादनमूलक अर्थतन्त्रमा रुपान्तरण गर्ने, उद्यमशीलता प्रवर्धन गर्ने निजी क्षेत्रलाई आत्माविश्वास दिलाउने सिद्धान्तले यसलाई सकारात्मक मान्ने बताइन् ।

‘आगामी बजेट नागरिकको समय, श्रमलगायतमा समेत बचत हुनेगरी काम गर्ने अर्थलाई उत्पादनमूलक अर्थतन्त्रमा रुपान्तरण गर्ने, उद्यमशीलता प्रवर्धन गर्ने उल्लेख छ । निजी क्षेत्रलाई आत्माविश्वास दिलाउने भन्ने सिद्धान्त पनि भनेको देखिन्छ । शिक्षा, स्वास्थ्य, सिप समान पहुँच जस्ता कुराले यसलाई सकारात्मक नै मान्न सकिन्छ ।’

उनले सरकारले ल्याएको विनियोजन विधेयक सकारात्मक भएपनि सरकारको कार्यशैलीले विश्वास गर्न नसकिने बताइन् ।

‘तर सरकारले गर्दै आएका कामले भने यी सिद्धान्त र प्राथमिकता अनुसार काम हुन्छ भन्ने विश्वास गर्न सकिने अवस्था छैन। कार्यपालिकाबाट व्यवस्थापिकालाई व्यवास्ता गर्ने, एकदिन अगाडि संसदका लागि सिफारिस गरि आव्हान भइसकेको संसद स्थगित गर्ने सिफारिस गरि संसद छलि अध्यादेश ल्याइने काम भयो । त्यस्तै प्रधानमन्त्री जस्तै जनताबाट निर्वाचित भएका संसदका सदस्य र सदनप्रति प्रधानमन्त्री सकारात्मक हुन सक्नुभएन,’ उनले भनिन् ।

View : 51

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved