Biratnagar, Morang, Nepal
अर्थ

सुनको मूल्यमा नयाँ रेकर्ड

आज सुनचाँदीको मूल्यले बनायो नयाँ रेकर्ड

-
अखवारका कुरा
२८ असोज २०८२, मङ्गलवार

Advertisement

 काठमाडौं । आज नेपाल बजारमा सुनको मूल्य एकैचोटी ८ हजार १ सय रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु दुई लाख ४० हजार ४ सयमा कारोवार भएको सुन मंगलबार २ लाख ४८ हजार ५ सय रुपैयाँ मूल्य कायम भएको छ । 

यस्तै, आज चाँदीको मूल्यले पनि मूल्य बढेको छ । सोमबार ३ हजार २ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १०५ रूपैयाँले वृद्धि भएर चाँदीको मूल्य ३ हजार ३२५ रुपैयाँ भएको छ । 

View : 65

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved