Biratnagar, Morang, Nepal
खेलकुद

उरुग्वेमाथिको जितसँगै स्पेन समूह विजेता, नकआउट चरणमा प्रवेश

-
अखवारका कुरा
१३ असार २०८३, शनिवार

Advertisement

काठमाडौैं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘एच’ को अन्तिम खेलमा उरुग्वेमाथि १–० को महत्वपूर्ण जित निकाल्दै स्पेन समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ।

शनिबार बिहान मेक्सिकोको ग्वाडालाहारास्थित एस्टाडियोमा सम्पन्न खेलमा स्पेनले पहिलो हाफमा गरेको एकमात्र गोलको आधारमा तीन अंक हात पारेको हो।

आजको खेलमा स्पेनका लागि आलेक्स बाएनाले खेलको ४२औँ मिनेटमा निर्णायक गोल गरे। त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा सोही गोल स्पेनको लागि जित बन्यो।

यस जितसँगै स्पेनले समूह चरणका तीन खेलबाट दुई जित र एक बराबरीसहित ७ अंक जोड्दै समूह ‘एच’ को शीर्ष स्थानमा पुगेको छ । समूह विजेताका रूपमा स्पेन नकआउट चरणमा समेत पुगेको छ।

यस्तै, समूह चरणमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको उरुग्वे पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

View : 27

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved