Biratnagar, Morang, Nepal
सामाजिक सेवा

नयाँ सदस्यलाई तालिम

विराटनगर जेसीजद्वारा नयाँ सद्स्यहरुलाई तालिम सम्पन्न

-
अखवारका कुरा
३१ जेठ २०८२, शनिवार

Advertisement


विराटनगर-  विराटनगर जेसीजले नयाँ सदस्यहरूलाई लक्षित गर्दै तालिम  सम्पन्न गरेको छ।

अध्यक्ष प्रीतेशराज दाहालको अध्यक्षतामा सम्पन्न उक्त तालिममा प्रमुख अतिथिका रूपमा संस्थाका पूर्व अध्यक्ष सुरेशलाल श्रेष्ठको उपस्थिति थियो।

तालिममा प्रशिक्षक सेवक बजगाईंले नेतृत्व विकास, सार्वजनिक प्रस्तुतीकरण, समय व्यवस्थापन, टोलीमा काम गर्ने सीप र सामाजिक उत्तरदायित्वका विषयमा प्रशिक्षण दिएका थिए। सहभागीहरूलाई संवाद, अभ्यास र अन्तरक्रियामूलक सत्रमार्फत व्यवहारिक ज्ञान प्रदान गरिएको थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले जेसीजको सदस्यता केवल परिचय पत्र नभई, सामाजिक रूपान्तरण र नेतृत्व निर्माणको माध्यम भएको बताए। “यस्ता तालिमहरूले सदस्यहरूलाई आत्मविश्वासी, जिम्मेवार र सक्रिय नागरिकका रूपमा तयार गर्न मद्दत गर्छ,” उनले भने।

पूर्व अध्यक्ष श्रेष्ठले संस्थामा आबद्धतापछि प्राप्त अनुभवहरू बाँड्दै जेसीजले आफ्नो व्यक्तिगत तथा व्यावसायिक जीवनमा ल्याएको परिवर्तनबारे उल्लेख गरे। “जेसीजले सोच्ने तरिका, प्रस्तुत हुने शैली र नेतृत्व क्षमतामै आमूल परिवर्तन ल्याउँछ,” उनले भने।

तालिममा २७ जना नयाँ सदस्यको सहभागिता रहेको थियो। कार्यक्रम संयोजन सरोज पौडेलले गरेका थिए। उनका अनुसार तालिमको उद्देश्य नयाँ सदस्यहरूलाई संस्था, यसको कार्यशैली, मूल्य र जिम्मेवारीबारे अवगत गराउनुका साथै उनीहरूमा नेतृत्व क्षमता अभिवृद्धि गर्नु रहेको थियो।

कार्यक्रममा संस्थाका पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो। उनीहरूले सहभागीहरूसँग संवाद गर्दै शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रमको समापनमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। सहभागीहरूले तालिमबाट आत्मविश्वास, प्रेरणा र नयाँ ज्ञान प्राप्त भएको प्रतिक्रिया दिएका छन्।
संस्थाले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जाने जनाएको छ।

View : 235

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved