Biratnagar, Morang, Nepal
स्वास्थ

चिकित्सक आन्दोलन

NMA कोशीको बैठक: चिकित्सक आन्दोलनको स्वरुप परिवर्तन र एकताको प्रतिबद्धता

बैठकमा आन्दोलनको नेतृत्व गरिरहेको NMA केन्द्रीय समितिलाई कोशी प्रदेशतर्फबाट यहाँको गतिविधि तथा सहमतिबारे जानकारी गराउने निर्णय समेत गरिएको छ। साथै, आन्दोलनको स्वरुपमा भोलिदेखि परिवर्तन गरिने जानकारी दिइएको थियो ।
-
अखवारका कुरा
१३ वैशाख २०८२, शनिवार

Advertisement


विराटनगर — नेपाल चिकित्सक संघ (NMA) कोशी प्रदेशले आज एक महत्वपूर्ण बैठक सम्पन्न गरेको छ। बैठकमा संघका पदाधिकारीहरू, सदस्यहरू, रेजिडेन्ट डाक्टरहरू, विराट मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत (CEO) डेनिस कार्की, तथा विभिन्न अस्पतालका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

बैठकमा हाल चलिरहेको चिकित्सक आन्दोलन, यसको निकास र चिकित्सकहरूबीचको एकता सुदृढीकरणका विषयमा गहिरो छलफल भएको थियो। सहभागीहरूले एकले अर्काको विरोध गर्नु भन्दा पनि सहकार्य र सहजीकरण गर्दै जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने मुख्य लक्ष्यलाई आत्मसात गर्नुपर्नेमा एकमत भएका थिए।

रेजिडेन्ट डाक्टरहरूको मानविय आवश्यकता — आराम, अध्ययन तथा आर्थिक पक्ष — पूरा गर्नु अपरिहार्य रहेको र यसका लागि मेडिकल कलेजहरूको आर्थिक भार कसरी कम गर्न सकिन्छ भन्ने विषयमा पनि विशेष छलफल भएको थियो।

बैठकमा आन्दोलनको नेतृत्व गरिरहेको NMA केन्द्रीय समितिलाई कोशी प्रदेशतर्फबाट यहाँको गतिविधि तथा सहमतिबारे जानकारी गराउने निर्णय समेत गरिएको छ। साथै, आन्दोलनको स्वरुपमा भोलिदेखि परिवर्तन गरिने जानकारी बैठकमै दिइएको थियो।

बैठक NMA कोशीका अध्यक्ष डा. राजेन्द्र चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो।

View : 42

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved