विराटनगर - विराटनगर राउण्ड टेबल ५ को २९औँ वार्षिक साधारणसभाले सन् २०२६/२७ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ।
नयाँ कार्यसमितिको अध्यक्षमा राजन भगत, उपाध्यक्षमा विकास थापा, सचिवमा अमन शाह, कोषाध्यक्षमा मयुर अग्रवाल तथा निवर्तमान अध्यक्ष (आईपीसी) मा गोविन्द अग्रवाल चयन भएका छन्।
नवनिर्वाचित अध्यक्ष राजन भगतले संस्थाको सेवामूलक अभियानलाई थप प्रभावकारी बनाउँदै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे।
त्यस्तै, उपाध्यक्ष विकास थापाले संस्थाको उद्देश्यलाई सशक्त रूपमा अघि बढाउन सबै सदस्यबीच समन्वय, सहकार्य र सक्रिय सहभागितालाई प्राथमिकता दिँदै प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता जनाए।
विराटनगर राउण्ड टेबल ५ सामाजिक सेवा, नेतृत्व विकास र समुदायप्रति उत्तरदायी गतिविधिका लागि परिचित संस्था हो। नयाँ कार्यसमितिले आगामी कार्यकालमा संस्थाका सेवामूलक अभियानलाई अझ प्रभावकारी रूपमा विस्तार गर्ने अपेक्षा गरिएको छ।
View : 155
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved