Biratnagar, Morang, Nepal
+977-9708590006
सामाजिक सेवा

बिराटनगरमा महिला जागरण समुहकाे ७ औं जितिया कार्यक्रम

८ असोज २०८१, मङ्गलवार

Advertisement

विराटनगर वडा नम्बर ४ र ५ मा रहेकाे जामुनगाछि चाैक वरपर रहेका गृहणीहरु मिलेर महिला जागरण समूह बनाएका छन् । पुर्णरुपमा मधेसी महिला गृहणीहरु आपसमा मिलेर बनाएकाे समूह "महिला जागरण समूह" ले विगत ७ बर्ष देखि जितिया,  समाचकेवा र हाेली जस्ता मधेसका विशेष जाडपर्व मनाउदै आएका छन् । 

जितियाका अवसर पारेर उटघन (दर) खाने र  जितमहानकाे मुर्ति बनाएर सांस्कृतिक कार्यक्रम सहित सहयाेगी एवं जेष्ठ नागरिकलाई सम्मान गर्दै आएका छन् ।

 ७ औं  बर्ष पनि यसलाई निरन्तरता दिदै केही दिन उटघन खाएर रमाएका महिला नवजागरण समुहका सदस्यहरुले जामुनगाछिमा मंगलबार सांस्कृतिक तथा सम्मान कार्यक्रम आयाेजना गरेका छन् । 

अध्यक्ष मञ्जु कर्णकाे अस्वस्थताका  कारण उपाध्यक्ष  साेमनी कुमारी साहकाे अध्यक्षता भएकाे सम्मान कार्यक्रममा पुर्व अध्यक्ष रतन भगत लगायत समुहका पदाधिकारीहरु, व्रतालु महिलाहरु, जेष्ठ नागरिक तथा सहयोगीहरु गरि करिव ३०० काे उपस्थिति रहेकाे थियाे । 

कार्यक्रममा जेष्ठ नागरिक मिना दास, महिला भएर कुशल नेतृत्व गर्न सफल अभा फाउन्डेसनका संस्थापक अभा अनुपमा,  अप्पन बिराटगढ पराेपकार समाजका अध्यक्ष  बसुन्धारा झा तथा गढि गाउँपालिकाका उपमेयर अनिता साह लाई सम्मान गरिएको थियो । त्यसैगरी सहयोग गर्ने स्थानीय समाजसेवी बिजय यादव, एपाेलाे भगत, डा. बालकृष्ण साह, लक्ष्मी थापा, निशा श्रेष्ठ,  लगायत १० जनालाई सम्मान समेत गरेकाे कार्यक्रम संयाेजक सञ्जु महात्मान यादवले बताइन । 
कार्यक्रममा वक्ताहरुले जितियाकाे विशेषता बारे चर्चा गरेका थिए भने व्रतालुहरुले जसकाे लागि जितिया गरेकाे हो  उनीहरुकाे विदा नभएकोमा गुनासो गरे ।

सुजता रायमाझी र उनका साथीहरुको  थारु, मैथिली तथा भाेजपुरीमा जितियाकाे गित तथा भजनहरुकाे वेजाेड प्रस्तुति रहेकाले ब्रतालुहरु उपवाशमा पनि नाच्न व्यस्त थिए ।

 बुधबार   ११ वजे देखि दिउसाे २ वजे सम्म सांस्कृतिक कार्यक्रम, कथा वाचन तथा भजनकृतन  फेरि सञ्चालन गरिने कार्यक्रम  संयाेजक सञ्जु महात्मान यादवले जानकारी दिइन ।

View : 176

Copyright © 2023 -2024. Akhabar ka kura | News. All Rights Reserved