Biratnagar, Morang, Nepal
शिक्षा

४ जिपीए सहित लगातार उत्कृष्ट एसईई नतिजा : जेभियर्स स्कुलले कायम राख्यो गुणस्तरीय शिक्षाको पहिचान

-
अखवारका कुरा
४ जेठ २०८३, सोमवार

Advertisement

विराटनगर । मोरङको बूढिगंगा गाउँपालिका स्थित जेभियर्स इङ्गलिस स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईमा पुनः उत्कृष्ट नतिजा हासिल गर्दै गुणस्तरीय शिक्षाको आफ्नो पहिचानलाई अझ मजबुत बनाएको छ।

विद्यालयका विद्यार्थीहरूले उत्कृष्ट जीपीए सहित शतप्रतिशत सफलता हासिल गरेका छन्। विशेष रूपमा विद्यालयका विद्यार्थीहरु प्रेक्षा चौधरी र शुभेक्षा बस्नेतले ४ जीपीए प्राप्त गरी विद्यालयलाई थप गौरवान्वित बनाएका छन्। विगत वर्षझैँ यस वर्ष पनि उल्लेखनीय सफलता दोहोरिनु विद्यालयको अनुशासित शैक्षिक वातावरण, अनुभवी तथा समर्पित शिक्षक समूह, मेहनती विद्यार्थी तथा सहयोगी अभिभावकहरूको निरन्तर सहयोगको प्रतिफल भएको विद्यालय प्रशासनले जनाएको छ।

यस उल्लेखनीय सफलताले विद्यालयप्रतिको विश्वास अझ बढाएको छ। “ भनेर हैन गरेर देखाउँछौ” भन्ने भनाइलाई जेभियर्स इङ्गलिस स्कुलले फेरि एकपटक प्रमाणित गरेको छ।

विद्यालयको यस गौरवमय उपलब्धिप्रति विद्यालय प्रशासनले सम्पूर्ण विद्यार्थी , शिक्षक, कर्मचारी ,अभिभावक तथा शूभ चिन्तकहरुप्रति हार्दिक आभार प्रकट गर्नुका साथै आगामी दिनहरूमा अझ उत्कृष्ट नतिजा दिने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

View : 74

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved