बिराटनगर - नेपाल पत्रकार महासंघ मोरङ र कोशी प्रदेशका विभिन्न जिल्लाबाट नवनिर्वाचित केन्द्रीय सदस्यहरू, कोशी प्रदेश महासंघका अध्यक्ष, पदाधिकारी, पार्षद, र मोरङबाट निर्वाचित केन्द्रीय परिषद सदस्यलगायतलाई बिराटनगर महानगरपालिकाको आयोजनामा भव्य स्वागत गरिएको छ।
महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निरला कार्की, र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले नवनिर्वाचित पत्रकारहरूलाई खादा र महानगरको लोगो प्रदान गर्दै सम्मान गरेका थिए।
कार्यक्रममा कोशी प्रदेशमा पत्रकारिताको सुदृढीकरणका लागि सहकार्यको आवश्यकता र पत्रकारहरूको भूमिकाबारे चर्चा गरियो। महानगरपालिकाका मेयर कोइरालाले पत्रकारहरू लोकतन्त्रका आधार स्तम्भ रहेको बताउँदै उनीहरूको सुरक्षाका साथै कार्यक्षेत्रमा सहज वातावरण बनाउन महानगर प्रतिवद्ध रहेको उल्लेख गरे।
यस अवसरमा, नवनिर्वाचित पत्रकारहरूले आफ्नो जिम्मेवारीप्रति प्रतिबद्धता व्यक्त गर्दै प्रदेश र स्थानीय तहमा प्रेस स्वतन्त्रता र पत्रकारिताको स्तर सुधारका लागि काम गर्ने प्रतिज्ञा गरे।
कार्यक्रममा मोरङ र कोशी प्रदेशका प्रतिष्ठित पत्रकारहरूको उपस्थिति रहेको थियो। स्थानीय पत्रकारहरूको सम्मानसँगै यो कार्यक्रमले पत्रकारिताको महत्व र योगदानलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ।
View : 27
Copyright © 2023 -2024. Akhabar ka kura | News. All Rights Reserved