जेनजी आन्दोलन
३० भदौ, काठमाडौं । जेन–जी आन्दोलनमा ज्यान गुमाएका नागरिकको सम्झनामा सरकारले असोज १ गते (बुधबार) शोक दिवस मनाउने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकपछि गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले पत्रकारहरूसँग जानकारी दिँदै आन्दोलनमा ज्यान गुमाएकाप्रति सम्मानस्वरूप सरकारले शोक दिवस मनाउने निर्णय गरेको बताए।
उनका अनुसार असोज १ गते सार्वजनिक बिदा दिइनेछ।
सरकारले यसअघि जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकलाई शहीद घोषणा गरिसकेको छ। मृतकका परिवारलाई राहत उपलब्ध गराउने र घाइतेहरूको उपचारमा सहयोग गर्ने निर्णयसमेत सरकारले लिएको छ।
View : 160
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved