Biratnagar, Morang, Nepal
देश

जेनजी आन्दोलन

असोज १ गते शोक दिवस, सार्वजनिक बिदा दिने सरकारको निर्णय

-
अखवारका कुरा
२९ भदौ २०८२, सोमवार

Advertisement

३० भदौ, काठमाडौं । जेन–जी आन्दोलनमा ज्यान गुमाएका नागरिकको सम्झनामा सरकारले असोज १ गते (बुधबार) शोक दिवस मनाउने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकपछि गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले पत्रकारहरूसँग जानकारी दिँदै आन्दोलनमा ज्यान गुमाएकाप्रति सम्मानस्वरूप सरकारले शोक दिवस मनाउने निर्णय गरेको बताए।

उनका अनुसार असोज १ गते सार्वजनिक बिदा दिइनेछ। 

सरकारले यसअघि जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकलाई शहीद घोषणा गरिसकेको छ। मृतकका परिवारलाई राहत उपलब्ध गराउने र घाइतेहरूको उपचारमा सहयोग गर्ने निर्णयसमेत सरकारले लिएको छ।

View : 46

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved