Biratnagar, Morang, Nepal
राजनीति

रास्वपाको केन्द्रीय समिति बैठक

रास्वपाको केन्द्रीय समिति बैठक आज, १३ प्रस्तावित एजेन्डामाथि छलफल हुने

२३ साउन २०८२, शुक्रवार

Advertisement

काठमाडौँ, साउन २३
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक आज (शुक्रबार ) पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्दैछ। बैठकमा पार्टीको समसामयिक रणनीति, संगठनात्मक कामकाज र आगामी योजनालाई लिएर विभिन्न १३ एजेन्डामा छलफल हुने भएको छ।
 
पार्टीका प्रवक्ता मनिष झाले दिएको जानकारीअनुसार, बैठकमा केन्द्रीय विभागको प्रगति प्रतिवेदन, रुपन्देही उपनिर्वाचनको अपडेट, संसदीय दलको गतिबिधि, र ‘कुलिङ अफ पिरियड’मा भएको गडबडीबारे तयार गरिएको छानबिन प्रतिवेदन प्रस्तुत गरिनेछ।
 
सभापति रवि लामिछानेविरुद्ध भएको भनिएको 'राजनीतिक प्रतिशोध' विरुद्ध संकलन भइरहेको हस्ताक्षर अभियानको प्रगति र अभियानलाई थप प्रभावकारी बनाउनेबारे पनि छलफल गरिने छ। त्यससँगै सांसदहरूको लेवी, रणनीतिक समूह गठन, र पार्टीका केन्द्रीय विभाग तथा सदस्यहरूको भूमिका थप स्पष्ट पार्ने विषयहरू बैठकको मुख्य एजेन्डा हुनेछन्।
 
१३ वटा मुख्य छलफलका प्रस्तावित विषयहरूमा निम्न बुँदाहरू रहेका छन्:
 
1. समसामयिक राजनीतिक र पार्टी गतिविधिहरूको समिक्षा
 
 
2. प्रदेश इन्चार्जहरूको रणनीतिक प्रतिवेदन
 
 
3. केन्द्रीय सदस्यहरूको संक्षिप्त रिपोर्टिङ
 
 
4. सचिवालय बैठक निर्णयहरूमा छलफल र अनुमोदन
 
 
5. विधानको व्याख्या र अनुमोदन
 
 
6. केन्द्रीय विभाग प्रमुखहरूको मनोनयन
 
 
7. पूर्वकेन्द्रीय सदस्यहरूलाई पुनः जिम्मेवारी दिने प्रस्ताव
 
 
8. निर्वाचन आयोगसम्बन्धी मनोनयन प्रक्रिया
 
 
9. रणनीतिक समूह गठन
 
 
10. संगठन सबलीकरणसम्बन्धी जिम्मेवारी वितरण
 
 
11. विदेशस्थित नेपाली नागरिकका लागि मताधिकार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण
 
 
12. रवि लामिछानेविरुद्धको हस्ताक्षर अभियानको समिक्षा
 
 
13. विविध: अधिवेशन प्रतिनिधि समयविन्दु, बजेट प्रस्तुति, मधेस प्रदेश सहमहामन्त्री सिफारिस, सांसदहरूको लेवीबारे छलफल
 
 
 
बैठकले पार्टीभित्रको सांगठनिक सुदृढीकरणसँगै आगामी राजनीतिक रणनीतिहरू तय गर्ने अपेक्षा गरिएको छ।
 

View : 114

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved