प्रेस युनियनको ३४औं स्थापना दिवस
विराटनगर – नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ। मोरङमा मंगलबार बिहान प्रभातफेरीसहित स्थापना दिवस मनाइएको हो।
नेपाल पत्रकार महासंघ मोरङबाट सुरु भएको प्रभातफेरी महेन्द्रचोक, शनिमन्दिर, जलजामोड हुँदै ट्राफिकचोक हुँदै फेरि महासंघमै पुगेर कोणसभामा परिणत भएको थियो।
कोणसभामा प्रेस युनियन मोरङका सभापति बेदराज पौडेलले पत्रकारहरूको हक, अधिकार र पेशागत सुरक्षाका लागि युनियनले खेलेको भूमिकाबारे चर्चा गरे। उनले आगामी दिनमा अझ सशक्त र संगठित ढंगले अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै सहभागिता जनाउने सबैप्रति आभार व्यक्त गरे।
कार्यक्रममा मोरङका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको उपस्थिति थियो। प्रेस युनियनले देशभर स्थापना दिवसको सन्दर्भमा विविध कार्यक्रम गरिरहेको छ।
View : 191
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved