Biratnagar, Morang, Nepal
सामाजिक सेवा

मोरङ बहिरा क्रिकेट संघलाई मोरङ उद्योग व्यापार संघद्वारा जर्सी सहयोग

-
अखवारका कुरा
२१ असार २०८३, आइतवार

Advertisement


विराटनगर - मोरङ उद्योग व्यापार संघले आफ्नो हीरक जयन्ती वर्षको अवसरमा मोरङ बहिरा क्रिकेट संघलाई खेल पोशाक (जर्सी) सहयोग गरेको छ। आगामी चौथो प्रादेशिक बहिरा क्रिकेट प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको मनोबल बढाउने उद्देश्यले संघले ३० थान जर्सी हस्तान्तरण गरेको हो।
संघको सचिवालयमा आयोजित कार्यक्रममा अध्यक्ष अनुपम राठी, वरिष्ठ उपाध्यक्ष अनिलकुमार साह, महासचिव संजयकुमार श्रेष्ठलगायत पदाधिकारीले मोरङ बहिरा क्रिकेट संघका प्रतिनिधि मोहन तिवारी, अंशु यादव र मोहम्मद साबिरलाई जर्सी हस्तान्तरण गरे। कार्यक्रममा सांकेतिक भाषा दोभाषेका रूपमा राधिका न्यौपानेले सहजीकरण गरेकी थिइन्।
कार्यक्रममा अध्यक्ष राठीले फरक क्षमता भएका खेलाडीहरूको आत्मविश्वास अभिवृद्धि गर्दै खेल क्षेत्रमा उनीहरूको पहिचान स्थापित गर्न सहयोग गर्न पाउँदा खुसी लागेको बताए। उनले खेलकुद प्रवर्द्धन र समावेशी गतिविधिमा संघको सहकार्य आगामी दिनमा पनि निरन्तर रहने उल्लेख गरे।
मोरङ बहिरा क्रिकेट संघका प्रतिनिधि मोहन तिवारीले उद्योग व्यापार संघको सहयोगप्रति आभार व्यक्त गर्दै यसले खेलाडीहरूमा नयाँ ऊर्जा थपिएको र आगामी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न थप प्रेरणा मिलेको बताए।

View : 148

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved