Biratnagar, Morang, Nepal
+977-9708590006
स्वास्थ

बिपि स्मृति दिवसमा नेपाली काङ्ग्रेसद्वारा रक्तदान कार्यक्रम आयोजना

-
अखवारका कुरा
२९ भदौ २०८१, शनिवार

रक्तदान गर्दै नेपाल बिद्यार्थी संघ सभापति सरोज पोखरेल

Advertisement

विराटनगर ,नेपाली काङ्ग्रेस कोशी  स्वास्थ्य विभागले रक्तदान कार्यक्रम  आयोजना गरेको छ । रगत अभावलाई कम गर्नका लागि   १११ औँ बीपी जन्म जयन्तीको अवसरमा काङ्ग्रेसले  काङ्ग्रेस कोशी मुख्यालयमा  रक्तादान कार्यक्रम आयोजना गरेको हो । सो रक्तदान कार्यक्रममा ५० पिन्ट  रगत संकलन भएको थियो ।

उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस कोशी  प्रदेश सभापति उद्धव थापाले जननायक विश्वेश्वरप्रसाद कोइरालाले जनतालाई  प्रजातन्त्र ,समाजवाद र मानवअधिकार दिलाउन  सदैब लाग्नुभइ सामान्य जनता प्रति सहयोगी वन्न आफ्ना कार्यकर्ता निर्देशन दिनुभएको थियोे सोही बिचार लाई सम्मान गर्दै  कोशी काङ्ग्रेसले  सर्व साधारणमा रगतको अभावलाई कमी गर्ने उद्धेश्य लिइ रक्तदान कार्यक्रम आयोजना गरेको जानकारी दिए । 

  नेपाली  काङ्ग्रेस कोशी  स्वास्थ्य विभाग उप संयाेजक तथा अधिवक्ता  काशी  चुडालले  विपीलाई सम्झना गरि मानव सेवामा  क्रियाशील रहदै  रक्तदान कार्यक्रम आयोजना गरिएको बताए । 

कार्यक्रममा विराट टिचिङ तथा मेडिकल  हस्पिटलका अध्यक्ष डा ज्ञानेन्द्र मान सिंह कार्की ,पुर्व याेजना आयोग सदस्य नारायण  काेईराला लगायतको उपस्थिति रहेको थियो । 

नेपाल बिद्यार्थी संघ मोरङका सभापति सरोज पोखरेलले आम युवाले रक्तदान गरि जीवन जोगाउने अभियानमा लाग्नु पर्नेमा जोड दिदै आगामी दिनमा नेपाल विद्यार्थी संघ  रक्तदान सचेतना र रक्तदान कार्यक्रमलाई अभियानका रुपमा लिएर समाजमा जाने जानकारी दिए । 

View : 170

Copyright © 2023 -2024. Akhabar ka kura | News. All Rights Reserved