विराटनगर । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, विराटनगरले आगामी २८औँ वार्षिक साधारण सभामा प्रस्तुत हुने नीति, कार्यक्रम तथा बजेटसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
शनिबार विराटनगरमा आयोजित कार्यक्रममा संस्थाको सञ्चालक समितिका तर्फबाट अध्यक्ष जीवन काफ्लेले प्रस्तुत गरेको अवधारणापत्रमाथि अगुवा शेयर सदस्यहरूले आफ्ना धारणा तथा सुझाव प्रस्तुत गरेका थिए।
आगामी आर्थिक वर्षका लागि तय गरिने संस्थागत नीति तथा कार्यक्रमलाई सदस्यकेन्द्रित र प्रभावकारी बनाउन नीतिगत विषयमा १७ वटा प्रश्नावली तयार गरी शेयर सदस्यहरूबाट सुझाव संकलन गरिएको संस्थाले जनाएको छ।
कार्यक्रममा करिब १०० जना अगुवा शेयर सदस्यहरूको सहभागिता रहेको थियो। सहभागीहरूले संस्थाको भावी नीति, सेवा विस्तार, व्यवस्थापन तथा आर्थिक लक्ष्यका विषयमा आफ्ना सुझाव राखेका थिए।
अन्तरक्रियाका क्रममा आर्थिक वर्ष २०८३/०८४ का लागि संस्थाले कुल सम्पत्ति तथा दायित्व ६ अर्ब ४६ करोड ९५ लाख रुपैयाँ पुर्याउने प्रारम्भिक लक्ष्य प्रस्तुत गरेको छ। त्यस्तै, सो आर्थिक वर्षमा ४ करोड २३ लाख १७ हजार रुपैयाँ आम्दानी र ४ करोड १३ लाख ३६ हजार रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान पनि प्रस्तुत गरिएको थियो।
संस्थाको आगामी २८औँ वार्षिक साधारण सभामा प्रस्तुत गरिने नीति, कार्यक्रम तथा बजेटलाई थप व्यावहारिक, प्रभावकारी र शेयर सदस्यहरूको अपेक्षाअनुरूप बनाउन अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ।
View : 71
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved