Biratnagar, Morang, Nepal
सामाजिक सेवा

रथयात्रा व्यवस्थापनका लागि टर्चलाइट र सर्चलाइट हस्तान्तरण

-
अखवारका कुरा
१९ भदौ २०८३, शुक्रवार

Advertisement

रथयात्रा व्यवस्थापनका लागि टर्चलाइट र सर्चलाइट हस्तान्तरण

विराटनगर — श्री राधाकृष्ण रथयात्राको व्यवस्थापन तथा सुरक्षालाई थप प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालय, मोरङलाई टर्चलाइट, सर्चलाइट तथा सिंगल लाइट हस्तान्तरण गरिएको छ।
झाँकी व्यवस्थापन उपसमिति संयोजक सन्तोष साह तथा सम्पूर्ण सदस्यहरूको पहलमा उक्त सामग्री हस्तान्तरण गरिएको हो। सामग्रीले रथयात्राका क्रममा आवश्यक प्रकाशको व्यवस्था गर्न सहयोग पुग्ने बताइएको छ।
जिल्ला प्रहरी कार्यालय, मोरङलाई हस्तान्तरण गरिएका यी सामग्री रथयात्राको व्यवस्थापनसँगै आगामी दिनमा आइपर्न सक्ने विपद् वा आपत्कालीन अवस्थामा समेत उपयोगी हुने विश्वास गरिएको छ।
डीएसपी सन्तोष श्रेष्ठले सहयोगका लागि झाँकी व्यवस्थापन उपसमिति संयोजक सन्तोष साह तथा सम्पूर्ण सदस्यहरूलाई धन्यवाद दिएका छन्। उनले रथयात्राको व्यवस्थापन, सुरक्षा तथा आपत्कालीन अवस्थामा आवश्यक प्रकाशको व्यवस्था गर्न सामग्रीले थप सहयोग पुग्ने बताए।

झाँकी व्यवस्थापन उपसमिति संयोजक सन्तोष साहले रथयात्रालाई व्यवस्थित, शान्तिपूर्ण तथा सुरक्षित रूपमा सञ्चालन गर्न सहयोग पुग्ने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको बताए।

 

View : 29

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved