Biratnagar, Morang, Nepal
देश

त्रिशूली क्षेत्रमा आएको विपत्तिले इतिहाससँग जोडिएको सभ्यता नै निमिट्यान्न पार्यो : सांसद पराजुली

-
अखवारका कुरा
१७ भदौ २०८३, बुधवार

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले मुलुकले यस पुस्ताले नदेखेको र नसुनेको भयावह प्राकृतिक विपत्तिको सामना गरिरहेको बताएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उत्तरतर्फको हिमाली क्षेत्रमा भएको गडबडीका कारण सुरु भएको विनाशकारी बहाव भोटेकोसी हुँदै त्रिशूली नदी किनारसम्म प्रवेश गर्दा ठूलो मानवीय तथा भौतिक क्षति भएको बताए । उनले उक्त विपत्तिमा हजारौँ मानिसले ज्यान गुमाएको र हजारौँ परिवार विचल्लीमा परेको बताए । 

उनले भने, ‘उत्तरतिर हिमाली क्षेत्रमा भएको कुनै गडबढीको कारण सुरु भएको विनासकारी बहाव भोटेकोशी हुँदै त्रिशूली नदी किनारमा प्रवेश गर्दा हजारँै जिवन क्षन भरमौ समाप्त मात्र भएन हजारैँ परिवरलाई विचल्ली बनायो । आकलन नै गर्न नसकिने भैतिक क्षति त छदैछ । इतिहाससँग जोडिएको त्रिशूली सभ्यता नै निमिट्यान्न पारि दियो ।’

पराजुलीले विपत्तिका कारण इतिहाससँग जोडिएको त्रिशूली सभ्यतामै गम्भीर असर परेको बताए । गाउँ–बस्ती, सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक पूर्वाधारमा अकल्पनीय क्षति पुगेको उनले बताए । 

उनले मृतकको संख्या ११ सय नाघिसकेको र हजारौँ मानिस अझै बेपत्ता रहेको बताए । विदेशी नागरिकसमेत सम्पर्कविहीन रहेको बताउँदै उनले खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

सांसद पराजुलीका अनुसार सुरुङभित्र पुरिएका, दबिएका तथा फसेका नागरिकको उद्धारका लागि प्रयास जारी रहेको बताए । 

View : 37

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved