Biratnagar, Morang, Nepal
देश

डा. संगीता मिश्र स्वास्थ्यमन्त्रीमा सिफारिस

-
अखवारका कुरा
५ असोज २०८२, आइतवार

Advertisement

काठमाडौं – आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य मन्त्रालयको नेतृत्वका लागि अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रको नाम स्वास्थ्यमन्त्रीमा सिफारिस गरेको छ।

डा. मिश्र हालसम्म मन्त्रालयमा अतिरिक्त सचिवको जिम्मेवारी सम्हाल्दै आएकी थिइन्। मन्त्री बन्ने सम्भावना देखिएपछि उनले आइतबारै आफ्नो पदबाट राजीनामा दिएकी छन्।

स्वास्थ्यमन्त्रीको रूपमा डा. मिश्रको नियुक्ति हुँदा मन्त्रालयलाई अनुभवी प्राविधिक नेतृत्व प्राप्त हुने अपेक्षा गरिएको छ। अधिकारीहरूले उनका कार्य अनुभवले स्वास्थ्य सेवा सुधार र नीति कार्यान्वयनमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

View : 256

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved