कौशी खेती शहरको आवश्यकता
विराटनगर । विराटनगर जेसीजको जेसीज सप्ताह समापनका अवसरमा प्रमुख अतिथि मेयर नागेश कोइरालाले शहरमा बसोबास गर्ने नागरिकले कौशी खेतीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभएको छ।
उहाँले सानो जग्गा वा घरको छतमा उत्पादनशील खेती गर्न सकिने भन्दै यसले स्वास्थ्य र आत्मनिर्भरता दुवैमा महत्वपूर्ण योगदान पुर्याउने उहाँको भनाइ थियो ।
मेयर कोइरालाले आफ्नो इजरायल भ्रमणको अनुभव सुनाउदै त्यहाँ सानो जग्गामा आधुनिक कौशी खेतीमार्फत ठूलो उत्पादन हुने र ताजा, विषमुक्त तरकारी सहजै उपलब्ध गराइने गरिएको देखेको बताउनुभयो ।
उहाँले कौशी खेतीले केवल व्यक्तिगत पोषण सुधार गर्ने मात्र नभई, समुदाय स्तरमा स्वास्थ्य र आर्थिक सुरक्षाको उपाय पनि हुने बताउनुभयो । घरमै उत्पादन गर्दा बजारमा निर्भरता कम हुन्छ र परिवारले ताजा, पोषिलो र विषमुक्त तरकारी सजिलै पाउँछ।
मेयर कोइरालाले शहरमा बसोबास बढ्दै जादा जग्गा घट्दै जाने हुँदा कौशी खेतीलाई दैनिक जीवनको हिस्सा बनाउन सकिने तथा कौशीमा केही समय विताउदा शारीरिक रुपमा समेत फाइदा पुग्ने उहाँको विचार थियो ।
View : 149
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved