Biratnagar, Morang, Nepal
प्रदेश

कोशीका निवर्तमान आन्तरिक मामिला मन्त्री अधिकारी रिहा

१० मंसिर २०८१, सोमवार

Advertisement

काठमाडौँ : जापानमा मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री एवम् एमाले सांसद लीलाबल्लभ अधिकारी रिहा भएका छन् । उनलाई प्रहरीले सोमबार रिहा गरेको हो।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँको निर्णय अनुसार अधिकारीलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए ।

 काठमाडौं जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता एवं जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले पक्राउ परेका अधिकारीलाई मुद्दा चलाउन प्रमाण नपुग्ने भन्दै नचल्ने निर्णय गरेसँगै उनलाई रिहा गरिएको हो । 

अधिकारीको संलग्नता पुष्टि नभएपछि उनीबाहेकका ११ जनाविरुद्ध मुद्दा दायर भएको छ। जिल्ला अदालत काठमाडौँमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले अधिकारीको संलग्नता पुष्टि नभएको भन्दै ११ जनालाई विपक्षी बनाएर मुद्दा दायर गरेको हो।

यो अवधिमा अधिकारी १६ दिनसम्म प्रहरी हिरासतमा बसेका थिए । 

सत्यको जित भएको  तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्रीका सचिवालय सद्स्य सन्तोष भट्टराईले जानकारी दिए । 

View : 694

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved