Biratnagar, Morang, Nepal
खेलकुद

विराट गाेल्डकप : चर्च ब्वाइजसँग एपीएफ पराजित

-
अखवारका कुरा
२९ चैत २०८२, आइतवार

Advertisement


विराटनगर । विराटनगरमा जारी विराट गाेल्डकपकाे दाेस्राे खेलमा चर्च ब्वाइज युनाइटेड विजयी भएकाे छ ।

आज सहिद रंगशालामा भएकाे रात्रिकालिन खेलमा एपीएफ एफसीलाई १-० गाेल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले जित हासिल गरेकाे हाे ।

चर्च ब्वाइजकाे जितमा समीर तामाङले गरेकाे गाेल नै निर्णायक बन्याे । उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबलाई २-१ गाेल अन्तरले पराजित गर्दै झापा-११ सेमिफाइनलमा प्रवेश गरेकाे छ ।

बैशाख ५ गतेसम्म सञ्चालन हुने विजेता टाेलीले नगद ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । त्यस्तै सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार र अन्य विधागत उत्कृष्टलाई १५–१५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

चर्च ब्वाइजका समीर तामाङ म्यान अफ दि म्याच भए ।

भाेलि नेपाल पुलिस क्लब र मच्छिन्द्र क्लबबीच प्रतिस्पर्धा हुने आयाेजकले जनाएकाे छ ।

 

View : 55

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved