Biratnagar, Morang, Nepal
गरिखानेका कथा

एउटा हातले लेखिएको सफलताको कथा

विराटनगरका सुनिलको सपना : एउटा हातले लेखिएको संघर्षको कथा, दुई वर्षमा हजारौंको विश्वास ग्राफडेशाइन एडभर्टाइजिङको दोश्रो वार्षिकोत्सव

दोस्रो वार्षिकोत्सवको अवसरमा उनले भावुक हुँदै भने, "शरीरको एउटा अंगले साथ दिएन होला, तर मन, इच्छाशक्ति र मेहनतले कहिल्यै धोका दिएन।"
-
अखवारका कुरा
४ वैशाख २०८२, बिहिवार

Advertisement

विराटनगर – जीवनमा कहिलेकाहीँ शरीरभन्दा ठूलो कुरा आत्मबल हुन्छ। यही आत्मबल र अडानको कथा हो, सुनिल बिश्वासको – जसले शरीरको कमजोरीलाई होइन, सपनालाई जीवनको केन्द्र बनाएका छन्।

आज भन्दा  दुई वर्षअघि, २५ वर्षे उमेरमा, विराटनगरको एक सानो कुनाबाट उनले ग्राफडेशाइन एडभर्टाइजिङ नामको एउटा व्यवसाय सुरु गरे। यस्तो व्यवसाय जुन केवल प्रिन्टिङ वा डिजाइन मात्र होइन, उनको आत्मबलको प्रतिविम्ब थियो।

एक हात राम्रोसँग नचल्ने अवस्थामा पनि सुनिलले हार मान्ने सोच कहिल्यै बनाएनन्। १८ वर्षको उमेरदेखि नै विभिन्न प्रिन्टिङ कम्पनीमा काम गर्दै सीप बटुलेका उनले, एक दिन आफ्नै नामले चिनिने व्यवसाय गर्ने सपना देखेका थिए। त्यो सपना आज यथार्थमा परिणत भएको छ – १००० भन्दा बढी सन्तुष्ट ग्राहकहरू, देशभरबाट सेवाको माग, अनि विश्वासको एउटा बलियो ब्रान्ड।

उनको कम्पनीले ग्राफिक डिजाइन, डिजिटल/अफसेट प्रिन्ट, फोटो/भिडियो उत्पादन, ल्यानयार्ड, टी-शर्ट, टोकन अफ लभ फ्रेम लगायत थुप्रै सेवा दिन्छ। अझै महत्वपूर्ण कुरा – नेपालभरका जुनसुकै ठाउँबाट पनि अनलाइन सेवा लिन सकिन्छ।

उनका उल्लेखनीय कामहरूमध्ये केही:

NMA CON

नेपाल डेन्टल एसोसिएसनको कन्फरेन्स

नेपाल रेडियोलोजी एसोसिएसन

नेपाल जेसीज एरिया 'A' कन्फरेन्स

आँखा अस्पतालहरूको बृहत् कार्यक्रम

नेपाली कांग्रेसको प्रदेश सम्मेलन

र, देशका विभिन्न ठूला व्यापारिक घरानासँग सहकार्य


दोस्रो वार्षिकोत्सवको अवसरमा उनले भावुक हुँदै भने,
"शरीरको एउटा अंगले साथ दिएन होला, तर मन, इच्छाशक्ति र मेहनतले कहिल्यै धोका दिएन।"

सुनिलजस्तो युवाको कथा केवल प्रेरणा मात्र होइन, विश्वासको पाठ हो – जुन भन्छ:
"सपना देख्न शरीरको शक्ति होइन, मनको आँट चाहिन्छ।"

आज विराटनगरमा एउटा सानो साइनबोर्डले हजारौं अनुहारमा मुस्कान ल्याइरहेको छ – त्यो बोर्डमा लेखिएको छ: "Grafdayshine Advertising."

View : 917

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved