लेटाङ जेसीज शाखा अधिबेशन
लेटाङ, (मोरङ) १६ पुस । – लेटाङ जेसीजको २२ औं शाखा अधिवेशन सम्पन्न भएसँगै वर्ष २०२५ का लागि नयाँ कार्यसमिति चयन गरिएको छ।
यस अधिवेशनमा छत्रकुमार निरौला सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका छन्। उनीसँगै अन्य पदाधिकारीहरूको टोलीले आगामी वर्षका लागि संस्थाको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएको छ।
नवगठित कार्यसमितिमा कार्यकारी उपाध्यक्षका रूपमा अमृत कार्की र अम्बर ब. विश्वकर्मा चयन भएका छन्। उपाध्यक्षहरूमा रेहान शेख, शकुन्तला चौधरी, तेजुराम राई, र पवन दाहाल रहेका छन् भने सचिवको जिम्मेवारी अलिशा चौधरीले पाएकी छिन्।
जेसीज निर्वाचन अधिकृत सुनिलकुमार चौधरीको निगरानीमा सम्पन्न अधिवेशनले छत्रकुमार निरौलाको नेतृत्वलाई संस्थाका आगामी गतिविधिहरूलाई थप सक्रिय र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। अध्यक्ष निरौलाले आफ्नो कार्यकालमा जेसीजको माध्यमबाट समुदायमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रमले संस्थाको आगामी लक्ष्य, युवा नेतृत्वको विकास, र सामाजिक कार्यलाई प्राथमिकतामा राख्दै योजना अघि बढाउने उद्देश्य राखेको छ। अध्यक्ष निरौलाले भने, "लेटाङ जेसीजलाई प्रभावकारी र समावेशी बनाउने हाम्रो मुख्य लक्ष्य हुनेछ।"
कार्यसमितिका अन्य सदस्यहरूले पनि आफ्नो क्षेत्रको विकास र समृद्धिका लागि सक्रिय भूमिका खेल्ने अठोट व्यक्त गरेका छन्।
View : 386
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved