Biratnagar, Morang, Nepal
स्थानीय तह

बिर्तामोडका उद्यमी विनोद बस्नेत घरमै मृत फेला

-
अखवारका कुरा
२६ वैशाख २०८२, शुक्रवार

Advertisement

विराटनगर । बिर्तामोडका प्रतिष्ठित युवा उद्यमी विनोद बस्नेत अब स्मृतिमा मात्र सीमित भएका छन्। बिर्तामोड नगरपालिका–१ स्थित आफ्नै निवासमा झुन्डिएको अवस्थामा ५२ वर्षीय बस्नेतको जीवनको अन्त्यले परिवार, समाज र व्यवसायीक जगतलाई स्तब्ध बनाएको छ।

झापा गोल्डकपका पूर्वअध्यक्षसमेत रहेका बस्नेतले समाजसेवा, व्यवसाय र संस्थागत नेतृत्वमा उल्लेखनीय योगदान दिएका थिए। नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष, वीरता जेसिजका पूर्वअध्यक्ष तथा रोटरी क्लब अफ बिर्तामोडका पूर्वअध्यक्ष बस्नेतको अचानक निधनले सबैलाई भावविह्वल बनाएको छ।

व्यवसायीक क्षेत्रमा मात्र होइन, समाजसेवामा पनि उनी उत्तिकै सक्रिय थिए। मेची पेट्रोलियम डिलर्स एसोसिएसनका महासचिव, ‘एकका लागि एक’ अभियानका सहसंयोजक र सयपत्री ट्रेड लिंकलगायत विभिन्न प्रतिष्ठानका सञ्चालक बस्नेतले धेरैको मन जितेका थिए।

जिल्ला प्रहरी कार्यालय झापाले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

View : 660

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved