प्रादेशिक बजेट
काठमाडौँ — सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आफ्नो वार्षिक बजेट सार्वजनिक गर्दैछन्।
संविधानले प्रदेश सरकारलाई असार १ गतेभित्र बजेट पेस गर्नुपर्ने व्यवस्था गरेको छ। संघीय सरकारले जेठ १५ मा, प्रदेश सरकारले असार १ मा र स्थानीय तहले असार १० गतेभित्र बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधानअनुसार आज प्रदेश सभामा बजेट पेस हुँदैछ।
बजेट संघीय सरकारले प्रदान गर्ने वित्तीय अनुदान, राजस्व बाँडफाँट र स्रोत साधनको भागबण्डाका आधारमा तयार पारिएको हो। प्रदेशका अर्थमन्त्रीहरूले आ–आफ्नो प्रदेश सभामा बजेट प्रस्तुत गर्ने तयारी गरेका छन्।
बागमती प्रदेशले चालु आर्थिक वर्षको तुलनामा करिब ६ अर्बले बजेट बढाउँदै ६८ अर्ब हाराहारीको बजेट पेस गर्ने तयारी गरेको छ। गत वर्ष बागमतीले ६२ अर्ब ७० करोडको बजेट ल्याएको थियो।
मधेश प्रदेशले अघिल्लो वर्ष ४४ अर्ब ११ करोडको बजेट प्रस्तुत गरेको थियो। कोशीले ३६ अर्ब २४ करोड ३५ लाख, गण्डकीले ३३ अर्ब ४२ करोड ७२ लाख, र लुम्बिनी प्रदेशले ४० अर्ब ४७ करोड ९७ लाख बराबरको बजेट पेस गरेका थिए।
सुदूरपश्चिमले २९ अर्ब २६ करोड ५९ लाख र कर्णाली प्रदेशले ३१ अर्ब ४१ करोड बराबरको बजेट ल्याएका थिए।
आज सार्वजनिक हुने बजेटमा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, रोजगारी सिर्जना र संघीय सरकारसँगको समन्वयमा आधारित आयोजनाहरूलाई प्राथमिकता दिइने संकेत उच्च स्रोतहरूले दिएका छन्।
View : 137
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved