Biratnagar, Morang, Nepal
अर्थ

इलाम समाज हङकङले सार्वजनिक गर्यो ‘इलाम’, जिल्लाको विकासमा अझै काम गर्ने प्रतिवद्धता

-
अखवारका कुरा
१७ जेठ २०८३, आइतवार

Advertisement

काठमाडौं । इलाम समाज हङकङले आफ्नो रजत जयन्तीका अवसरमा ‘इलाम’ स्मारिका सार्वजनिक गरेको छ ।
शनिबार चर्चित कलाकार, संचारकर्मी, कलाकारहरुको उपस्थितिमा स्मारिका सार्वजनिक गरिएको हो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वसभापति विष्णु निष्ठुरीले इलामले नेपाली गीत संगीतमा राष्ट्रिय एवम अन्तर्राष्ट्रिय ख्याती कमाएकोप्रति प्रशंसा गर्दै इलाम चिनाउन प्रवासमा रहेका नेपालीहरुले खेलेको भूमिकाको चर्चा गरे ।
अर्का पाका पत्रकार एवम लेखक धर्म गौतमले प्रजातन्त्रका लागि विद्यार्थी कालमै जिल्ला र देश छाड्नुपरे पनि इलामको अघात माया लाग्ने गरेको स्मरण गरे । उनले आफूहरुकै अगुवाइमा तयार भएको ‘इलाम पर्यटन गुरु योजना’कै कारण पर्यटन विकासले गति लिएको चर्चा गरे ।
इलाम समाज हङकङका अध्यक्ष वसन्त राई(विपिन)ले प्रवासमा रहँदा आफ्नो मातृभूमीको अत्याधिक याद आउने भएकाले जन्मथलोका सबैजना एकजुट भएर योगदान गरिरहेको बताए । उनले जिल्लामा आपत वा विपत पर्दा परोपकारी मनका साथ सहयोग जुटाइरहेको बताए ।
स्मारिकाका सल्लाहकार सम्पादक सचित राईले इलाम चिनाउने सानो प्रयास भएको बताए । उनले अझै धेरै विषय समेट्न नसकेको बताउँदै आगामी दिनमा बृहत खोज अनुसन्धान गरेर गहकिलो पुस्तक तयार गर्ने योजना रहेको बताए ।
कार्यक्रममा इलाम कलाकार समाज काठमाडौंका सचिव थिरज राई, गायक गणेश पराजुली, गायक रोशन गुरुङलगायतले आफ्नो धारणा राखेका थिए । सो अवसरमा इलाम समाज हङकङले इलाम कलाकार समाज र गीतकार एवम साहित्यकार डिआरलाई नगद सहयोग प्रदान गरिएको थियो । ६८ पेजमा समेटिएको स्मारिकामा पर्यटन, नव प्रतिभा साथै अन्य समसामयिक विषयबस्तु समेटिएका छन् ।

View : 3

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved