मोरङ, — नेपाल किसान संघका केन्द्रीय सदस्य तिर्थ बहादुर बस्नेत मातृ शोकमा रहनु भएको छ। उहाँकी ममतामयी माता भिम कला बस्नेतको निधन भएपछि बस्नेत अहिले धोक्रधार, मोरङस्थित आफ्नै निवासमा शोकमा हुनुहुन्छ।
स्व. भिम कला बस्नेतको निधनले बस्नेत परिवारमा मात्र होइन, समग्र समाजमा समेत गहिरो शोक छाएको छ। स्व. बस्नेत सामाजिक एवं धार्मिक कार्यमा सक्रिय रहनुहुन्थ्यो र उहाँको सरल स्वभाव, दयालु हृदयले धेरैको मन जितेको थियो।
शोकसन्तप्त बस्नेत परिवारप्रति श्रद्धाञ्जली अर्पण गर्दै धेरै राजनीतिक, सामाजिक र नागरिक समुदायका प्रतिनिधिहरूले समवेदना व्यक्त गरिरहेका छन्।
View : 908
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved