कक्षा १२ परीक्षा
काठमाडौं, १९ साउन — राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजाअनुसार ६१.१७ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् भने ३८.८३ प्रतिशत विद्यार्थी ‘ननग्रेड’ (NG) श्रेणीमा परेका छन् ।
बोर्डका अनुसार नियमित र ग्रेडवृद्धि दुवै समावेश गरेर परीक्षामा करिब चार लाख ५० हजारभन्दा बढी विद्यार्थी सहभागी भएका थिए ।
परीक्षा निर्धारित मितिभन्दा केही समय पछि सरेको थियो । सुरुमा ११ वैशाखबाट परीक्षा हुने तय भएको भए पनि शिक्षक आन्दोलनका कारण दुई साता ढिला गर्दै २१ वैशाखदेखि सुरु गरिएको थियो ।
नतिजा बोर्डको वेबसाइट, एसएमएस सेवा तथा मोबाइल एपमार्फत हेर्न सकिने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ ।
शिक्षाविद्हरूले ननग्रेडको दर उच्च हुनु चिन्ताको विषय भएको भन्दै बोर्ड र विद्यालय दुवैले पाठ्यक्रम, पठनशैली र मूल्याङ्कन प्रणालीमा पुनर्विचार गर्नुपर्ने सुझाव दिएका छन् ।
View : 54
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved