Biratnagar, Morang, Nepal
+977-9708590006
स्थानीय तह

स्थानीय तह उपनिर्वाचन सम्पन्न: मतगणना आजै सुरू हुने

१६ मंसिर २०८१, आइतवार

Advertisement

बिराटनगर 

देशभर ४१ पदका लागि सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा ६२ प्रतिशत मतदाता सहभागी भएका छन्। यो निर्वाचन नगरपालिका प्रमुख १, उपप्रमुख १, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र वडाध्यक्ष ३३ पदका लागि भएको हो।

मोरङको ग्रामथान गाउँपालिकामा उत्साहजनक सहभागिता

मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा मतदाताको उल्लेखनीय सहभागिता रह्यो। ७ वटा वडा रहेको यस गाउँपालिकामा २६ हजार ४४ मतदातामध्ये १८ हजार ५७७ जनाले मतदान गरे। यसमा ७१.३३ प्रतिशत मत खसेको सहायक निर्वाचन अधिकृत रामराज पौडेलले जानकारी दिए।

ग्रामथानमा १०४ वर्षीया वृद्धादेखि विभिन्न उमेर समूहका मतदाताले सक्रिय रूपमा मतदान गरे। मतदानका क्रममा एक वृद्धा मतदाताको स्वास्थ्य बिग्रिएर उनी बेहोस भएको घटनाले भने केही समय मतदान प्रभावित गर्‍यो।

मतगणना आजै सुरू हुने तयारी

मतदान सम्पन्न भएसँगै मतपेटिका संकलन गर्ने कार्य जारी छ। निर्वाचन आयोगका अनुसार उपनिर्वाचन भएको सबै स्थानीय तहमा आजै मतगणना सुरु गर्ने तयारी भइरहेको छ।

निर्वाचनले स्थानीय तहमा रिक्त रहेका पदहरूमा जनप्रतिनिधि चयन गर्ने र स्थानीय प्रशासनलाई सुचारु गर्न मद्दत पुर्याउने विश्वास गरिएको छ। 

View : 74

Copyright © 2023 -2024. Akhabar ka kura | News. All Rights Reserved