Biratnagar, Morang, Nepal
देश

रथ यात्रा

विराटनगरमा राधाकृष्ण रथयात्रा : ५७ जना नियन्त्रणमा

-
अखवारका कुरा
१ भदौ २०८२, सोमवार

Advertisement


विराटनगर – ऐतिहासिक राधाकृष्ण रथयात्राले आइतबार विराटनगरलाई रङ्गिन बनाएको छ। हजारौँ भक्तजनको उपस्थितिमा भव्यतापूर्वक सम्पन्न यस धार्मिक–सांस्कृतिक यात्राले यसवर्ष पनि विराटनगरको पहिचानलाई झल्काएको छ।

तर, भीडसँगै सुरक्षाप्रति सतर्क रहनुपर्ने अवस्था देखिएको छ। मोरङका प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार रथयात्राको अवसर छोपेर अवाञ्छित गतिविधिमा संलग्न ५७ जना नियन्त्रणमा लिइएका छन्। पक्राउ परेकामध्ये ५३ पुरुष र ४ महिला रहेका छन्। महिलालाई राति छाडिएको भए पनि पुरुषहरू अझै प्रहरी नियन्त्रणमै छन्।

प्रहरीले उनीहरूको विगत आपराधिक गतिविधिसँग सम्बन्ध छ कि छैन भन्नेबारे स्क्रिनिङ गरिरहेको छ। भिडमा चोरी र पकेटमारको जोखिम उच्च हुने भएकाले विशेष निगरानी बढाइएको भए पनि ५ वटा सुनका सिक्री र ९ वटा मोबाइल चोरी भएको उजुरी परेको प्रहरीले जनाएको छ। नियन्त्रणमा परेकामध्ये केही व्यक्तिको साथबाट मोबाइल बरामद भएको समेत जानकारी दिइएको छ।

एसपी चिमरियाले रथयात्रा भव्य मात्र नभई तुलनात्मक रूपमा शान्तिपूर्ण पनि भएको बताए। उनका अनुसार “उच्छृङ्खल, शङ्कास्पद र अवाञ्छित गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिइएको छ। ठूलो समस्या भने भएन, शान्ति सुरक्षाको अवस्था मजबुत बनाइएको थियो।”

लाखौं भक्तजनको सहभागिता, धार्मिक उत्साह र सांस्कृतिक रौनकसहित सम्पन्न यो रथयात्राले यसपटक पनि विराटनगरलाई विशेष बनाएको छ। तर, भीडसँगै हुने चोरीपटक र अवाञ्छित गतिविधि भने रोकिएको देखिएन।

View : 87

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved