पुर्व मन्त्री खत्रीले गरे अन्तरजातीय विवाह
विराटनगर –
कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सांसद रामकुमार खत्रीले प्रेम, सादगी र सेवाको संगम प्रस्तुत गर्ने गरी विवाह गरेका छन्।
खत्रीले उदयपुर कटारी–५ की सपना गुरुङसँग अन्तरजातीय विवाह गर्दै काठमाडौंमा नितान्त साधारण ढंगले वैवाहिक बन्धनमा बाँधिए। तामझाम, भोज र भीडभाड होइन – उनले रोजे सामाजिक सन्देश।
गुरुङ राष्ट्रिय बाणिज्य बैकमा ५ औं तहमा वरिष्ठ साहयकका रुपमा कार्यरत रहेकी छिन ।
विवाह भोजमा खर्च हुने १ लाख रुपैयाँ उनले कटारी–३ स्थित कृष्ण प्रणामी मन्दिर तथा वृद्धाश्रमलाई सहयोग दिने घोषणा गरेका छन्।
“जातभन्दा ठूलो मानवता हो,” खत्री भन्छन्,
“र विवाह भनेको देखावटी होइन, मन मिलाउने कर्म हो।”
पूर्व उद्योग, कृषि तथा सहकारी मन्त्रीसमेत रहेका कांग्रेस नेता खत्रीले आफ्नै विवाहमार्फत दिएको सन्देश छ:
"प्रेमले जात हेर्दैन, र समाज बदल्न तामझाम होइन सोच चाहिन्छ।"
खत्रीको विवाहलाई समाज परिवर्तनको नमुनाका रुपमा रहेको भन्दै सामाजिक संजालमा बधाइ दिनेको लर्को लागेको छ ।
View : 425
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved