Biratnagar, Morang, Nepal
शिक्षा

सेन्ट जोसेफ स्कुल प्रि-स्कुल ग्राजुएसन समारोह

सेन्ट जोसेफ स्कूल, विराटनगरमा प्रि-स्कुल विद्यार्थीहरूको ग्राजुएसन समारोह सम्पन्न

सेन्ट जोसेफ स्कूलले सम्पूर्ण विद्यार्थीहरू र तिनीहरूको अभिभावकहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ। यो समारोहले प्रि-स्कुलको अन्त्य मात्र नभई शिक्षाको दीर्घ यात्रा सुरु भएको संकेत पनि दिएको छ।
-
अखवारका कुरा
६ वैशाख २०८२, शनिवार

Advertisement

विराटनगर — सेन्ट जोसेफ स्कूल, विराटनगरमा प्रि-स्कुल विद्यार्थीहरूको ग्राजुएसन समारोह हर्षोल्लासका साथ सम्पन्न भएको छ। स-साना विद्यार्थीहरू, अभिभावकहरू र शिक्षकहरूको उपस्थितिमा विद्यालयको प्रारम्भिक शैक्षिक यात्राको सफल समापन मनाइएको हो।

समारोहका प्रमुख अतिथि प्रधानाध्यापक एडोल्फ रोपरकले अभिभावकहरूप्रति आभार प्रकट गर्दै विद्यालयको शिक्षा प्रणालीबारे मन्तव्य व्यक्त गरे। उनले भने, "अभिभावकहरूसँगको समन्वयमा सेन्ट जोसेफ स्कूलले हाम्रो क्षेत्रमै उत्कृष्ट शिक्षा प्रदान गर्दै आएको छ।"

शिक्षण पद्धतीमा विद्यालयले अपनाएको दृष्टिकोण उल्लेख गर्दै उनले थपे, "हामी सिकाइलाई व्यवहारमा लागू गर्दै शिक्षण गरिरहेका छौं।" साथै उनले भने, "हामीसँग उत्कृष्ट पूर्वविद्यार्थी, अनुभवी शिक्षकहरू छन् र विद्यालय अत्यन्त राम्रो व्यवस्थापनसहित सञ्चालन भइरहेको छ।"

समारोहमा नानीहरूद्वारा प्रस्तुत गरिएको सांस्कृतिक कार्यक्रमले सबैलाई उत्साहित बनायो। समारोहभरि खुसी, गर्व र सम्झनलायक पलहरू देखिन्थे।

सेन्ट जोसेफ स्कूलले सम्पूर्ण विद्यार्थीहरू र तिनीहरूको अभिभावकहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ। यो समारोहले प्रि-स्कुलको अन्त्य मात्र नभई शिक्षाको दीर्घ यात्रा सुरु भएको संकेत पनि दिएको छ।

View : 57

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved