Biratnagar, Morang, Nepal
राजनीति

दुबै पक्ष समेटेर १५औँ महाधिवेशनतर्फ अघि बढ्नुपर्छ : नेता भण्डारी

-
अखवारका कुरा
१८ चैत २०८२, बुधवार

Advertisement

काठमाडौं । नेपाली कांग्रेसका नेता शंकर भण्डारीले दुबै पक्ष समेटेर सानो कमिटी बनाएर १५औँ महाधिवेशनतर्फ अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

बुधबार बसेको देउवा पक्षको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले एकपक्षीय ढङगले कांग्रेस बन्न नसक्ने भन्दै दुई पक्षलाई मिलाउनु पर्ने बताएका हुन् ।

उनले भने, ‘निर्वाचनको परिणामलाई पनि हामीले आधार बनाउनुपर्छ र विशेष महाधिवेशनपछि जो हामी सबै पक्ष निर्वाचनमा गयौ नि, त्यही निर्वाचनमा सहभागी भएको साथिहरुको उमेद्वारीको जुन ढङगले प्रस्तुत भयो त्यसैलाई आधार बनाएर दुई पक्षलाई नमिलाई कांग्रेस बन्न सक्दैन । एकपक्षीय ढङगले कांग्रेस बन्न सक्दैन।’

उनले देउवाको पक्षले सर्वोच्चबाट आधिकारिता पाउनुपर्ने कानुनी आधार रहेको उल्लेख गर्दै सानो आकारको प्लेन कमिटि बनाएर १५ औं महाधिवेशनमा जानुपर्ने बताए।

‘अब वैधानिकरुपमा पार्टीको विधान, कानुन हेर्दा शेर बहादुर देउवाको जुन दावा छ सर्वोच्चमा त्यौ नै आधिकारिता पाउनुपर्ने अवस्था हो । देउवाको पक्षले सर्वोच्चबाट आधिकारिता पाउनुपर्ने कानुनी आधार छ तर त्यो पाउँदै गर्दा त्यो नै समस्याको समधान हैन । त्यसकारण दुवै पक्षलाई समेटेर मौजुदा कार्यसमितिलाई भंग गरेर सानो आकारको प्लेन कमिटि बनाएर १५ औं महाधिवेशनमा जानुपर्छ र महाधिवेशन गर्नुपर्छ,’ उनले भने ।

यस्तै उनले आफ्नो र आफु केन्द्रमा राखेर भन्दा पनि पार्टी र देशलाई केन्द्रमा राख्नुपर्ने बताए।
‘सम्भवत यही २२ गते सर्वोच्चबाट फैसला हुन सक्छ, त्यसपछि दुवै पक्षका साथिहरु खुल्ला हृदयले आफ्नो र आफु केन्द्रमा राखेर हैन, हामी भन्दा माथि पार्टी छ तर पार्टी भन्दा माथि देश छ। विगतमा हामीबाट कमीकमजोरी भए त्यसलाई सुधारका लागि एकदमै इमान्दारीका साथ लाग्नुपर्छ ।त्यो ढङगले पार्टीलाई जोडेर सबैलाई मिलाएर लानुपर्छ,’ उनले भने ।

View : 26

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved