Biratnagar, Morang, Nepal
राजनीति

३५ वर्षमुनि युवा खुलातर्फ कांग्रेस केन्द्रीय सदस्यमा मोजाहिद हकको उम्मेदवारी

-
अखवारका कुरा
२० असोज २०८३, मङ्गलवार

Advertisement

 

विराटनगर : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३५ वर्षमुनि युवा खुलातर्फ केन्द्रीय सदस्य पदका लागि मोजाहिद हकले उम्मेदवारी दर्ता गराएका छन्।

पार्टीको केन्द्रीय नेतृत्वमा युवा पुस्ताको प्रतिनिधित्व बढाउने एजेन्डासहित हकले उम्मेदवारी दिएका हुन्। उनले युवाका सवाललाई पार्टीको नीति तथा कार्यक्रमसँग जोड्दै संगठनमा नयाँ पुस्ताको सक्रिय सहभागिता बढाउन आफूले भूमिका खेल्ने बताएका छन्।

कांग्रेसको नेतृत्व तहमा युवा सहभागिता र पुस्तान्तरणको विषय उठिरहेका बेला हकको उम्मेदवारी परेको हो। ३५ वर्षमुनि युवा खुलातर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भए युवालाई पार्टीको निर्णय प्रक्रियामा प्रभावकारी रूपमा जोड्ने र संगठनलाई थप चलायमान बनाउने उनको दाबी छ।

हकले कांग्रेसको संगठन विस्तारसँगै युवालाई पार्टीको मूलधारमा ल्याउने, नयाँ सोच र प्रविधिमैत्री कार्यशैलीलाई प्राथमिकता दिने बताएका छन्। उनको उम्मेदवारीसँगै युवा खुलातर्फको प्रतिस्पर्धा थप रोचक बनेको छ।

View : 74

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved