नेकपा माओवादी केन्द्र विराटनगर महानगर अधिबेशन
विराटनगर
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) विराटनगर महानगर समिति निर्वाचन २०८२ सम्पन्न भई नयाँ नेतृत्व चयन गरिएको छ। निर्वाचनले संगठनमा नयाँ उत्साह र जोश थप्ने अपेक्षा गरिएको छ।
अध्यक्ष पदमा दिनेश कुमार राजवंशी (देव) ५६ मत प्राप्त गरी विजयी बनेका छन्। प्रतिस्पर्धी नमिता न्यौपाने ३५ मतमा सीमित भइन्।
उपाध्यक्ष पदमा चन्द्र बहादुर राई (३६ मत), धर्मलाल माझी (५८ मत) र सञ्जय कुमार यादव (४४ मत) निर्वाचित भएका छन्। अन्य उम्मेदवार केमुना ओडारी (शारदा) , शिवराम पण्डित र सरस्वती ओझा पराजित भए।
सचिवमा सोनु केवट ४२ मतसहित निर्वाचित भए भने मोहम्मद आजम ३६ मतमा रोकिए।
सह–सचिव पदमा दिनेश कुमार कामत ३२ मत ल्याएर विजयी भए।
अन्य सह–सचिव उम्मेदवार चम्पा खत्री  (७ मत) र भरत गिरि (३२ मत) रहे।
निर्वाचन प्रक्रिया शान्तिपूर्ण, स्वच्छ र निष्पक्ष रुपमा सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ।
नव–निर्वाचित नेतृत्वले संगठनलाई थप सुदृढ गर्दै अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।
View : 708
 कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                           
                            कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                        Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved