अस्ट्रेलियाको सिडिनीमा नेपाली सामुदायले देउसी भैलो खेल्दै तिहार मनाएका छन । सिडनी नजिकै पर्ने ओलङगन इलावरामा रहेको , ओलङगन इलावरा नेपाली समाजले तिहारको अवसरमा नेपाली सामुदायहरु बिच देउसी भैलो कार्यक्रम आयोजना गरि तिहार लाई उल्लासमय रुपमा मनाइएको हो ।
सस्कृती जगेर्ना र नयाँ पुस्तालाई नेपाली चाड पर्व र यसको महत्त्व बुझाउनका लागि तिहारमा विविध कार्यक्रम आयोजना गरि हरेक बर्ष मनाउने गरिएको बिराटनगर निवासी तथा हाल अस्ट्रेलियामा बसोबास गर्दै आएका समाजका उपाध्यक्ष सक्रिय कोइरालाले जानकारी दिए ।
समाजले अस्ट्रेलियामा आपत बिपतमा परेका नेपालीहरुलाइ सहयोग , संस्कृती जगेर्नाका लागि विभिन्न कार्यक्रमको आयोजना , नेपालीहरु बीच एकता र आपसी भाइचारा बढाउनका लागि विभिन्न माध्यमबाट नेपाली समाजलाई जोड्दै आइरहेको कोइरालाले जानकारी दिए ।
केही समय अघि आगलागीमा परि घर जलेर नष्ट भएका एक नेपालीलाई समाजले आर्थिक रुपमा समेत सहयोग गरेको थियो ।
तिहारमा देउसी भैलो खेलेर जम्मा भएको रकमलाई समेत सामाजिक कार्यमा लगाउने संस्थाले जानकारी दिएको छ ।
नेपाल भन्दा टाढा रहेर पनि नेपाली भाषा धर्म र संस्कृतीको जगेर्नामा नेपालीहरुले स्थापना गरेका सामाजिक संस्थाहरुले योगदान दिदै आएका छन ।
View : 479
Copyright © 2023 -2024. Akhabar ka kura | News. All Rights Reserved