Biratnagar, Morang, Nepal
खेलकुद

त्रिदेशीय महिला फुटबल प्रतियोगिता

नेपालद्वारा भारत २–१ गोल अन्तरले पराजित

-
अखवारका कुरा
११ कार्तिक २०८२, मङ्गलवार

Advertisement

 

काठमाडौं । नेपाली महिला फुटबल टोलीले भारतमाथि जित हासिल गरेको छ । 

सोमबार भएको खेलमा नेपालले भारतलाई २–१ ले पराजित गरेको हो । नेपालका लागि दुवै गोल कप्तान सावित्रा भण्डारी साम्बाले गरेकी थिइन् ।

भारतस्थित शिलोङको जवाहरलाल नेहरू रंगशालामा नेपालका लागि दोस्रो मिनेटमा नै साम्बाले गोल गरेकी हुन् । यस्तै, खेलको ६३ औँ मिनेटमा साम्बाले अर्को उत्कृष्ट गोल गरेकी थिइन् । खेलको ८१औं मिनेटमा भारतले एक गोल फर्काएको थियो ।

त्रिदेशीय प्रतियोगितामा इरान च्याम्पियन भइसकेको छ। इरानले नेपाललाई ३–० र भारतलाई २–० हराएको थियो ।

View : 65

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved