Biratnagar, Morang, Nepal
देश

भीम-अजिता वक्तृत्वकला च्याम्पियनसिप : अंकिता निरौला प्रथम

-
अखवारका कुरा
२१ मंसिर २०८२, आइतवार

Advertisement

विराटनगर - टंकीसिनवारी जूनियर जेसीजद्वारा आयोजित ‘भीम-अजिता वक्तृत्वकला च्याम्पियनसिप-२०२५’ शनिबार प्रतिस्पर्धात्मक माहोलमा सम्पन्न भएको छ ।
देशभरका विभिन्न शाखाबाट सहभागी भएका प्रतिस्पर्धीमध्ये विराटनगर जूनियर जेसीजकी सह-सचिव अंकिता निरौलाले उत्कृष्ट प्रस्तुति दिँदै प्रतियोगिताको पहिलो स्थान हात पारिन्।

बेलबारी जूनियर जेसीजकी दीक्षा कार्की दोस्रो र इन्द्रपुर जूनियर जेसीजका बिशाल तिम्सिना तेस्रो भए। विजेताहरूलाई क्रमशः ३० हजार, १५ हजार र १० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिताको मूल्यांकन पत्रकार महासङ्घ मोरङकी अध्यक्ष सुशिला पाठक,महेन्द्र मोरङ क्याम्पसकी लेक्चरर सुशिला काफ्ले न्यौपाने र उर्लाबारी जेसीजका पूर्व अध्यक्ष सिताराम ओझाले गरेका थिए। उनीहरूले प्रस्तुति, तर्कसंगति, भाषा र आत्मविश्वासलाई प्रमुख सूचक मान्दै अंक प्रदान गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि टंकीसिनवारी जेसीजका संस्थापक अध्यक्ष भीम घिमिरे तथा विशिष्ट अतिथि विराटनगर जेसीजका अध्यक्ष प्रीतेशराज दाहाल र टंकीसिनवारी जेसीजका अध्यक्ष अनिष भट्टराई रहेका थिए । सरोकारवालाको उपस्थितिले कार्यक्रम थप सशक्त बनेको थियो ।

प्रतियोगिताले  युवामा नेतृत्व र अभिव्यक्ति क्षमताको विकासमा योगदान पुर्‍याउने उल्लेख गर्दै आयोजक टंकीसिनवारी जेसीजका अध्यक्ष यस कुमार भुजेलले जेसीजले ‘Empowering Changes, Inspiring Action’ को मूलमन्त्रअनुसार सिर्जनशील क्षमताको प्रवर्द्धन गरिरहेको बताए।

विजेता विराटनगर जुनियर जेसीजकी अंकिता निरौलाले प्रतिस्पर्धामा प्राप्त सफलतालाई आफ्नो टीम र मार्गदर्शकहरूलाई समर्पण गर्दै भनिन्,“वक्तृत्वकला केवल बोलाइ होइन, सोच्ने र बुझाउने कला हो। यो अवसरले थप जिम्मेवारी र हौसला दिएको छ।”
आयोजकका अनुसार च्याम्पियनसिपमा देशका विभिन्न शाखाबाट उल्लेख्य सहभागिता रहेको थियो।

View : 129

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved