काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा पहिलो हार व्यहारेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा आज भएको लो स्कोरको खेलमा सुदूरपश्चिम रोयल्ससँग ७२ रनले पराजित भएको हो ।
सुदूरपश्चिमले दिएको १२४ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुर १२.१ ओभरमा अलआउट हुँदै ५१ रनमा समेटिएको हो । सुदूरपश्चिमका सामू जनकपुरका कुनै पनि ब्याट्सम्यान क्रिजमा टिकेर बस्न सकेनन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय २३ रनको योगफल बनाएको थियो । सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए ।
उनले ३७ बलमा तीन चौका र एक छक्काको मद्दतमा ३३ रन बनाएका हुन् । यसैगरी, सैब जैबले २१, इशान पाण्डेले १७, ब्रान्डन म्याकमुलेनले ११ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
जनकपुरका लागि किशोर महतो एक्लैले चार विकेट लिए । त्यस्तै शेर मल्ल र अरनिको यादवले समान दुई–दुई विकेट झारेभने हर्ष ठाकरले एक विकेट लिए ।
View : 52
Copyright © 2023 -2024. Akhabar ka kura | News. All Rights Reserved