विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेज र न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालबीच सहकार्य भएको छ । नोबेल र न्युरोबीच आज क्यान्सर र न्युरोलोजी उपचारमा सहकार्य गर्ने सम्झौता भएको हो ।
आज पत्रकार सम्मेलन मार्फत न्युरो अस्पतालमा उपचाररत बिरामीहरूलाई क्यान्सर सम्वन्धी परामर्श तथा उपचार चाहिएमा नोबेलसँग समन्वय गर्ने, विरामीको उपचार प्रकृयामा प्राथमिकता र उपचार खर्चमा छुट दिने सहमति भएको जनाइएको छ । न्युरो अस्पतालले नोबेलमा उपचारत विरामीहरूलाई न्युरोलोजी सेवा चाहिएमा प्राथमिकताका साथ उपलब्ध गराउने सहमति भएको छ ।
बिरामीको उपचारसँगै दुबै अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, नर्सिङ स्टाफ तथा अन्य कर्मचारीहरूको सीप विकास तालिम गर्ने, संयुक्त रूपमा नियमित मेडिकल शिक्षा, कार्यशाला, अभिमुखीकरण आयोजना गर्ने सहमति भएको न्युरो अस्पतालका अपरेसनल डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए ।
नोवेल अस्पतालका सञ्चालक डा. सुनिल शर्मा र न्युरो अस्पतालका अध्यक्ष डा.वीरेन्द्रकुमार विष्टको उपस्थितिमा सहमति पत्रमा हस्ताक्षर भएको छ । सम्झौता घोषणा कार्यक्रममा नोबेलका सञ्चालक डा. शर्माले नोबेलसँगको सम्झौता काठमाडौं मेडिकल कलेजमा पनि लागूहुने प्रतिबद्धता जनाए ।
View : 199
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved